काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) हरूको सरुवा गरेको छ। सरुवा निर्णयअनुसार सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई उपत्यका अपराध अनुसन्धान महाशाखामा सरुवा गरिएको छ।
कार्कीको सरुवासँगै उपत्यका अपराध अनुसन्धान महाशाखामा कार्यरत प्रहरी उपरीक्षक काजी कुमार आचार्य सिन्धुपाल्चोक जिल्ला प्रहरी कार्यालयमा सरुवा भई आउने भएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालयले नियमित प्रशासनिक प्रक्रियाअनुसार सरुवा गरिएको जनाएको छ। नयाँ एसपीको आगमनसँगै जिल्लामा शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा प्रहरी सेवामा थप प्रभावकारिता आउने अपेक्षा गरिएको छ।







