सिन्धुपाल्चोक ।

सशस्त्र प्रहरी बल नेपाल नं. १६ गण हे.क्वा., सिन्धुपाल्चोकले आफ्नो २५औँ वार्षिकोत्सवको अवसरमा चौतारा वृद्धाश्रमलाई आवश्यक खाद्यान्न सामग्री सहयोग गरेको छ।
विगत लामो समयदेखि नै हरेक तिथि–पर्व, विशेष दिवस तथा विभिन्न प्रमुख व्यक्तित्वहरूको जन्मदिनका अवसरमा चौतारा वृद्धाश्रमलाई निरन्तर सहयोग गर्दै आएको उक्त गणले आज आश्रमलाई अति आवश्यक विभिन्न खाद्यान्न सामग्री प्रदान गरेको हो।
सहयोग हस्तान्तरण कार्यक्रममा गणका डी.एस.पी. नवराज नेपाल लगाएत सशस्त्र प्रहरीका अधिकृतहरूको उपस्थिति रहेको थियो। वृद्धाश्रमका तर्फबाट प्राप्त सहयोग प्रति सशस्त्र प्रहरी बलप्रति हार्दिक आभार व्यक्त गरिएको छ।
आश्रम परिवारले गण प्रमुख, उपप्रमुख तथा सम्पूर्ण गण परिवारको उत्तरोत्तर प्रगति, सफलता र दीर्घायुको कामना गर्दै आगामी दिनमा पनि दुःखी, असहाय तथा गरिब जनताको सेवामा यसरी नै समर्पित रहन सकून् भन्ने शुभेच्छा व्यक्त गरेको थियो ।






