चौतारा सागाचोक गढी नगरपालिका–स्थित जनजागृती माध्यमिक विद्यालयकी एक छात्राप्रति भएको भनिएको व्यवहारका विषयमा सत्यतथ्य बाहिर ल्याउन माग गरिएको छ। आरोपित शिक्षकहरूमाथि निष्पक्ष र गम्भीर अनुसन्धान गरी घटनाबारे स्पष्ट जानकारी जनतालाई गराउनुपर्ने आवाज उठाइएको हो।


दोष पुष्टि भएमा सम्बन्धितलाई कानुनअनुसार हदैसम्मको कारबाही गर्न पनि माग गरिएको छ। अखिल नेपाल महिला संघ, सिन्धुपाल्चोक तथा महिला मानवअधिकारकर्मीहरूको जिल्ला सञ्जालले संयुक्त रूपमा ध्यानाकर्षण गराउँदै यस विषयमा तत्काल पहल गर्न सरोकारवालासँग आग्रह गरेका छन्।







