सिन्धुपाल्चोक चौतारामा आगलागी नियन्त्रणका लागि अभ्यास गरिएको छ । सिन्धुपाल्चोकको चौतारा अस्पताल, नेपाली सेनाको इन्द्रध्वज गण र चिनियाँ टोलीले आगलागी नियन्त्रणसम्बन्धी कृत्रिम घटना अभ्यास गरेको जनाइएको छ ।

सुख्खा तथा बदलिँदो मौसममा हुन्सक्ने आगलागी तथा विद्युत् सट जोखिम बढ्नसक्ने भएकाले अस्पताल परिसरमा आगलागी भएको अवस्थामा कसरी नियन्त्रण गर्न र सम्भावित क्षतिलाई कम गराउनका लागि कृतिम अभ्यास गरिएको हो।






