अध्यागमन विभागले व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ । भट्टमाथि सम्पत्ति शुद्धीकरणको कसुरमा छानबिन चलिरहेकाले उनलाई अध्यागमनको कालोसूचीमा राखेको स्रोतले बतायो ।

नेपालका हुने ठूला ठेक्का र खरिदका काममा बिचौलियाका रूपमा काम गरेको भन्दै भट्टको नाम विवादमा आउने गरेको छ । राजनीतिक व्यक्तिसँग पहुँचमा रहेर सेटिङ मिलाएर स्वार्थअनुरूप काम गराउँदै आएको उनीमाथि आरोप छ ।






