नेपाल कम्युनिस्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा समानुपातिक संसद रामबहादु थापा बादल निर्वाचित भएका छन् ।
आज बसेको एमाले संसदीय दलको बैठकले बादललाई सर्वसम्मत रूपमा दलको नेतामा चयन गरेको हो । उनको चयनसँगै संसदमा एमालेको संसदीय गतिविधि र रणनीतिमा नयाँ दिशा आउने अपेक्षा गरिएको छ ।
बादल लामो समयदेखि नेपाली राजनीतिमा सक्रिय नेता हुन् । उनी यसअघि गृहमन्त्री लगायत विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका छन् । पार्टीभित्र उनको प्रभावशाली भूमिका रहँदै आएको छ ।
नव निर्वाचित दल नेता बादलले सांसदहरूलाई एकताबद्ध बनाउँदै जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन्।







