मेलम्ची: सिन्धुपाल्चोकको इन्द्रावती खाेलामा पौडी खेल्ने क्रममा बेपत्ता भएकी किशोरीको शव फेला परेको छ। हिजो मेलम्ची नगरपालिका–११ स्थित इन्द्रावती खोलामा बेपत्ता भएकी पाँचपोखरी थाङपाल गाउँपालिका–६ स्यालेकी १४ वर्षीया अन्जिता ज्योतिको शव मेलम्ची बेलिब्रिजबाट करिब १०० मिटर तल फेला परेको हो।
पौडी खेल्ने क्रममा हराएका दुई जनामध्ये एक जनाको शव हिजै फेला परेको थियो भने अन्जिता ज्योतिको शव आज फेला भएसँगै दुवै जनाको शव फेला परेको छ। घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
इन्द्रावतीमा बेपत्ता किशोरीको शव फेला
इन्द्रावतीमा बेपत्ता किशोरीको शव फेला

- अ-
- अ
- अ+
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





