काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक २४ जना उपसचिवको सरुवा गरेसँगै विभिन्न स्थानीय तह र सरकारी कार्यालयको प्रशासनिक नेतृत्वमा फेरबदल भएको छ ।
सरुवा सूचीअनुसार ९ जना उपसचिवलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ भने ५ जनालाई मालपोत कार्यालयमा खटाइएको छ। बाँकी कर्मचारीहरू विभिन्न मन्त्रालय तथा सरकारी निकायमा सरुवा भएका छन् ।
यसैक्रममा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा अनुषा कोइरालालाई पठाइएको छ । प्रशासनिक अनुभव र कार्यक्षमताका लागि परिचित कोइरालाले अब मेलम्ची नगरपालिकाको प्रशासनिक नेतृत्व सम्हाल्ने भएकी छन् ।
मेलम्चीका निवर्तमान प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र भने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत सरुवा भएका छन् । मिश्रको सरुवापछि रिक्त रहेको जिम्मेवारी कोइरालाले सम्हाल्ने भएकी हुन् ।
मन्त्रालयको पछिल्लो निर्णयलाई स्थानीय तहको प्रशासनिक संरचनामा गरिएको महत्वपूर्ण फेरबदलका रूपमा हेरिएको छ । विशेषगरी मेलम्ची नगरपालिकामा नयाँ नेतृत्व आएसँगै विकास निर्माण, सेवा प्रवाह र प्रशासनिक कार्यसम्पादनमा नयाँ गति आउने अपेक्षा गरिएको छ ।

सरुवा सुचि यश प्रकार छन् : 







