काठमाडौं । माल्दिभ्समा यही जुलाई १७ देखि २३ सम्म आयोजना हुने काभा मेन्स च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्न नेपालको च्याम्पियन टोली हेल्प नेपाल स्पोर्ट्स क्लब माल्दिभ्समा छ ।

सुबास कुँवरको कप्तानीमा रहेको हेल्प नेपाल स्पोर्ट्स क्लबले उच्च मनोबलका साथ पहिलो पटक विदेशमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न गएको हो ।
नेपाल देखि पाकिस्तान सम्मका चर्चित खेलाडीहरू टिममा राखेर घरेलु भलिबल खेल्दै आएको हेल्प नेपाल नेपालकै चर्चित भलिबल क्लब हो ।
नेपाल भलिबल संघ ९एनभीए०ले आयोजना गरेको प्रधानमन्त्री कप एनभीए राष्ट्रिय भलिबल लिगको च्याम्पियनको हैसियतले हेल्प नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन ९काभा० ले आयोजना गर्ने च्याम्पियन क्लबहरूको प्रतियोगिता काभा मेन्स च्याम्पियन्स लिगमा खेल्ने अवसर पाएको हो ।






