काठमाडौँ ।

पूर्वराष्टपति विद्या भण्डारी र वर्तमान प्रधानमन्त्री केपी ओलीवीच एमाले मुख्यालयमा झण्डै दुईघण्टा छलफल भयो । केही सयम एक्ला एक्लै भेटेका उनीहरुले केही समय आआफ्ना मान्छेसँगै राखेर पनि कुराकानी गरे ।
कुराकानीको खास विषय वाहिर नआएपनि विद्याले आफूविरुद्ध गरिएको प्रोपोगण्डामा जानकारी मागेकी थिइन । सदस्यता नवीकरण भइसकेपनि पेण्डिगमा राखिको चर्चा गर्नुले पनि संशय पैदा गरेको विद्याको भनाइ थियो ।
त्यसोत विद्या केपी ओलीप्रति विश्वासमा पनि समस्या रहेको नजिककाहरुसँग बताउन थालेकी छिन् । विद्याले अध्यक्ष ओलीसँग एक्ला एक्लै नभेटौ भन्नुले पनि सोही कुराको पुष्टि गर्दछ । दुईथरी कुरा वाहिर आउने कारण पनि एक्लै कुरा गरेर फाईदा नभएको विद्याको बुझाई छ । त्यसोत विद्यालाई ओलीले प्रधानमन्त्री निवास वालुवाटारमा आमन्त्रण गरेका थिए ।
तर, उनले सो कुरा ईन्कार गरेकी हुन् । पार्टी कार्यालयमै भेटवार्ता गर्ने विद्याले आग्रह गरेका कारण भेट पार्टी कार्यालमै तय गरिएको थियो ।






