सुरुमा हाँस्य कलाकारहरु मिलेर निर्माण सुरु गरिएको गौतमबुद्ध क्रिकेट रंगशाला हाल भरतपुर महानगरले जिम्मा लिएको छ । तर, निर्माणको काम ज्यादै सुस्त गतिमा अघि बबढेको छ ।

रंगशालाका लागि संघीय सरकारले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन नगरेको आरोप छ । प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ९ करोड र भरतपुर महानगरले ४ करोड रकम विनियोजन गरेका छन् । गत वर्ष प्रदेशले १० करोड र महानगरले ५ करोड रकम विनियोजन गरेका थिए । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय २०८० माघ २३ गते गरेको थियो ।
दोस्रो चरणमा थप १५ हजार जना अट्ने प्यारापिट, कुर्सी र फ्लड लाइटको काम गरिने महानगरको योजना छ ।
रंगशालामा ३० हजार जना अट्ने प्यारापिट बनाउन २८६ वटा पिलर धुर्मस–सुन्तली फाण्डेसनले यसअघि नै उठाएको थियो । संघीय मन्त्रिपरिषद्को २०८० कार्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो ।






