सिन्धुपाल्चोकको सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाले गत आर्थिक वर्षमा अतिथि सत्कार शीर्षकमा असी लाख रुपैयाँ बिनियोजन गरेकामा शतप्रतिशत खर्च भएको देखाएको छ ।

विविध र अतिथि सत्कारको नाममा यति ठूलो रकम सकिएपछि महालेखा परीक्षकको कार्यालयले यसलाई नियमविपरित भनेको छ । यो खर्चलाई मितव्ययी बनाउन नगरपालिकालाई महालेखाले भनेको छ ।
नीति र विधि बाहिर गएर गरिएको यस्ता खर्च उपलब्धि विहीन हुने कानुनमा उल्लेख छ । त्यसोत नगरपालिकाको विविध शीर्षकमा मात्र तीस लाख रुपैयाँ सकेको छ ।
आन्तरिक आयको परिधिभित्र रहेर स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ बमोजिम औचित्यको आधारमा यस्ता खर्च गर्न बजेट बिनियोजन गर्न पाउने उल्लेख छ । तर, चौताराले अन्धाधुन्ध रुपमा यो शीर्षकमा बजेटको बिनियोजन गरेर जथाभावी खर्च गरेको छ ।






