काठमाडौं :नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले २३ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ ।
निर्णयअनुसार प्रदेश मन्त्रालयका सचिवसहित संघ, प्रदेश तथा विभिन्न सरकारी निकायमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गरिएको हो। सरुवामार्फत केही सहसचिवलाई नयाँ मन्त्रालय तथा विभागमा पठाइएको छ भने केहीलाई प्रदेश सरकारअन्तर्गतका कार्यालयमा खटाइएको छ ।
सरकारले प्रशासनिक संयन्त्रलाई थप प्रभावकारी, चुस्त र परिणाममुखी बनाउन नियमित कर्मचारी व्यवस्थापनअन्तर्गत सरुवा गरिएको जनाएको छ । सरुवापछि विभिन्न मन्त्रालय र कार्यालयको नेतृत्व तथा प्रशासनिक संरचनामा समेत परिवर्तन हुने भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवाको विस्तृत सूची सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ। मन्त्रिपरिषद्को निर्णयसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ कार्यस्थलमा हाजिर हुन निर्देशन दिइनेछ ।
सरकारले समय–समयमा कर्मचारीको कार्यसम्पादन, आवश्यकता र संगठनात्मक व्यवस्थापनलाई आधार बनाएर सरुवा गर्दै आएको छ। यसपटकको निर्णयलाई पनि प्रशासनिक नेतृत्व पुनर्संरचनाको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।
सुचि निम्नानुसार रहेकाे छ :







