संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आ.व. २०८०/८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (LISA) को नतिजा अनुसार मेलम्ची पहिलो बनेको हो । सार्वजनिक नतिजाअनुसार सिन्धुपाल्चोक जिल्लामा मेलम्ची नगरपालिका ८८.२५ अंकसहित उत्कृष्ट भएको छ ।

मेलम्ची नगरपालिकाले शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा सहकार्य–समन्वय जस्ता सूचकमा उच्च अंक प्राप्त गर्दै जिल्लामै पहिलो स्थान हासिल गरेको हो ।
सूचकहरुमध्ये समन्वय र सहकार्य शीर्षकमा इन्द्रावती गाउँपालिका, चौतारा साँगाचोकगढी नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका र मेलम्ची नगरपालिकाले समान ५.५० अंक ल्याउँदा लिसंखुपाखर गाउँपालिकाले ०.७५ र पाँचपोखरी थाङ्पाल गाउँपालिकाले ० अंक मात्र प्राप्त गरेका छन् ।
तर, हेलम्बु गाउँपालिका भने यस वर्षको मूल्यांकनमा सहभागी भएको छैन । हेलम्बु गाउँपालिकाले आफूले सञ्चालन गर्दै आएको दीर्घरोगीलाई निःशुल्क औषधि वितरण, निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क शिक्षा जस्ता कार्यक्रमलाई सूचकमा समेटिएको नभएको भन्दै स्वमूल्यांकन प्रक्रियामा भाग नलिएको जनाएको छ ।
सिन्धुपाल्चोकका पालिकाहरूको प्राप्त स्थान
मेलम्ची नगरपालिका ८८.२५२
इन्द्रावती गाउँपालिका ८५.७५३
जुगल गाउँपालिका ८५४
बलेफी गाउँपालिका ८४.७५५
चौतारा साँगाचोकगढी नगरपालिका ८३.७५६
भोटेकोशी गाउँपालिका ७९.७५७
त्रिपुरासुन्दरी गाउँपालिका ७९८
सुनकोशी गाउँपालिका ७८.५९
लिसंखुपाखर गाउँपालिका ७५.५१०
बाह्रविसे नगरपालिका ७५.२५११
पाँचपोखरी थाङ्पाल गाउँपालिका ७२.२५






