काठमाडौँ ।

ललितपुरबाट ठूलो मात्रामा नगदसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिन्धुली घर भएका गौरव स्याङ्तान रहेका छन् । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीबाट खटिएको टोलीले सोमबार साँझ उनलाई करिब १ करोड रुपैयाँ बराबरको नगद र गन्ने मेसिनसहित पक्राउ गरेको हो ।
प्रहरीका अनुसार स्याङ्तानसहित बरामद नगदको श्रोतबारे अनुसन्धान सुरु गरिएको छ । प्रारम्भिक सोधपुछपछि थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।
यस घटनासँगै ठूलो मात्रामा नगद कारोबारको विषयमा पनि प्रहरीको चासो बढेको देखिएको छ ।






