भोटेकोसी नदीमा बोलेरो गाडी खसेको छ । मगलवार ३:३० बजे बोलेरो खसेको प्रहरीले जनाएको छ ।
सिन्धुपाल्चोक भोटेकोशी गा.पा. ४ हिन्दी स्थित अरनिको सड्क खण्डमा तातोपानी बाट बाह्रबिसे तर्फ आउदै गाडी खसेको हो । सर्लाही जिल्ला बरथहवा न.पा. २ बस्ने बर्ष २३ को राजेश कुमार कुसहवाले चलाएको बा २१ च ७५४४ नं. को बोलेरो सड्कबाट २० मिटर तल खसेको थियो ।

बोलेरोमा चालकसहित सहचालक रौतहट जिल्ला बौधिमाई न.पा. १ बस्ने बर्ष २५ को राम प्रवेश महत्तो थिए । टुचन लगाई बोलेरो तान्न खोज्दा १ जना पुरुष व्याक्तिको शव नदीले बगाएको प्रहरीले जनाएको छ । हाल दुबैजनाको खोजतलास भैरहेको छ ।






