अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा छापा मारेको छ ।

अनियमितताको गुनासो तथा उजुरी आएपछि अख्तियारले आइतबार बाह्रबिसे नगरपालिकामा छापा मारेको हो ।अख्तियारको विशेष टोलीले नगरपालिकाको कार्यालयमा छापा मारेर केही कागजातहरू नियन्त्रणमा लिएको छ ।
नगरपालिकाले भोटेकोशी जलविद्युत् आयोजनासँग अस्पतालका लागि भन्दै ५ करोड लिएको आरोप छ । तर, अस्पतालका लागि भनेर लगिएको सो रकम हिनामिना गरेको भन्ने सूचना आएपछि अख्तियारको टोली खटिएको थियो । अख्तियारले छापा मार्दा २० लाखको हिसाब किताब भेटिए पनि बाँकी रकमबारे केही हरहिसाब नभेटिएको स्रोतले जनाएको छ ।






