काठमाडौँ ।

इन्द्रावती गाउँपालिकामा अनियमित काम गरेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तानिएका अधिकृत पूर्णप्रसाद दुलाल सेटिङ्गमै धादिङको गल्छी गाउँपालिका पुगेका छन् ।
सिन्धुपाल्चोकका विभिन्न स्थानीय तहमा अनियमितता गरेर लखेटिएका एक दुलाल धादिङको स्थानीय तहमा पुगेका हुन् । क्रसर र अतिरिक्त आम्दानी हुने ठाउँमा पालैपालो मस्ती मारेका कर्मचारी सङ्केत नम्बर १७४१९१ का नेपाल सरकारका अधिकृत पूर्णप्रसाद दुलाल यस अघि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा थिए । अवैध क्रसरमा अतिरिक्त आम्दानीमा लिप्त भएपछि अख्तियारले समेत उनलाई प्रश्न उठाएको थियो । त्यसपछि हत्तपत्त मन्त्रालय तानिएका थिए ।
सालतमामीको बेला बरबुझारथ गरेर उनी रातारात मन्त्रालय तानिएका थिए । मन्त्रालय बसेर सेटिङ्ग मिलाउँदै उनी धादिङको गल्छी गाउँपालिका पुगेका हुन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पिआईएस हेर्दा दुलाल हेर्दा उनीहरुकै भाषामा भनिने ‘मालदार अड्डा’ मात्र बस्ने गरेको भेटिएको छ । दुलालले ०५७ साउनदेखि जागिर खाएका रहेछन् । सुरु नियुक्ति निर्वाचन कार्यालय रसुवामा लिएका उनले कहिल्यै पनि सुगम बाहेकका स्थानमा काम गर्नुपरेको छैन । २५ बर्षको जागिरे अवधिमा कर्मचारीकै भाषामा भनिने ‘मालदार अड्डा’ स्थानीय निकायको प्रमुखमात्र भएर काम गरेको देखिएको छ । काभ्रेपाल्चोक स्थायी घर भएका दुलालले सिन्धुपाल्चोकका स्थानीय तहको धेरै स्वाद चाखेको देखियो । पछिल्लो पटक २०८० जेठ १४ मा ईन्द्रवती गाउँपालिका पुगेका दुलाल सिन्धुपाल्चोककै सुनकोसी गाउँपालिकाबाट इन्द्रावती पुगेका हुन् सुनकोशीमा पनि खोलाको किनार रहेको पालिका हो । २०७९ असारमा सुनकोशी गाउँपालिकामा पुगेका दुलाल २०७५ साउन १५ गते सिन्धुपाल्चोककै लिसंखुपाखर गाउँपालिकामा थिए । त्यसअघि थाक्रे गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका दुलाललाई त्यहाँबाट भ्रष्टाचारको आरोपमा लखेटिएको थियो । त्यसअघि सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकामा राप तृतीय श्रेणी नै भएपनि कार्यकारी अधिकृतकै रुपमा पुगेका थिए । मेलम्चीमा हुँदा पनि क्रसरको स्वाद चाखेका उनीले त्यसअघि जिल्ला विकास समिति ललितपुर,जिल्ला विकास समिति चितवन,संघीयमामिला मन्त्रालय काठमाडौंमा गरेर १६ पटक सरुवामा परेका छन् । तर, विकट भनिने कुनै पनि ठाउँमा उनी पुग्न परेको छैन ।
निजामती ऐन २०४९ को दफा १८ को उपदफा ३ वमोजिम (क) र (ख) बर्गको भौगोलिक क्षेत्रका स्थानीय तहमा न्यूनतम सेवा अवधी पुरा गरेका प्रमुख प्रशासकीय अधिकृतलाई निजको माग बमोजिम अन्य स्थानीय तह वा अन्य मन्त्रालयमा वा आयोग तथा मातहतको निकायमा सरुवा गर्न मिल्ने कानुनी आधार छ । तर, दुलालको हकमा कहिल्यै यो लागू भएको छैन ।
इन्द्रावती हुँदा पटक पनि उनको दुई पटक सरुवाको चिठी बनिसकेको थियो । तर, उनले त्यो पनि रोके । उनले अध्यक्षलाई आवश्यक खर्चको जोहो पनि गरिदिने गरेका छन् । बैशाखसम्म कुनै शीर्षकमा भएको वजेट असार लागेपछि सकिएको हुन्छ,पछि हेर्दै जाँदा उनैले आफन्तहरुको नाममा कम्पनी बनाएर रकम असुल गर्ने गरेको उनीसँगै काम गरेका एक पत्रकारले बताए ।
त्यसरी आएको रकम अध्यक्ष र लेखापाललाई मिलाएको ती पत्रकारको भनाई छ ।
घरपायक तथा काठमाडौँ भन्दा बाहिर नजानुमा उनको आफ्नो व्यवसाय पनि भएको बताउने गरेका छन् । घरजग्गाको कारोवार गरेको बताउने दुलाले भ्रष्टाचारवापत आर्जन गरेका रकम घरजग्गाको काम गरेर आएको बताउने गरेका छन् । एउटा सरकारी कर्मचारीको आर्थिक अवस्था देखेर अहिले पाँचखालका उनका आफन्त पनि जिभ्रो टोक्ने गरेका छन् । उनको अकुत सम्पत्तिका बिरुद्ध सम्पत्ति शुद्धिकरण र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ । बिषयमा सम्पर्क पटक पटक टेलिफोन गर्दा गर्दा पनि दुलाल सम्पर्कमा आउन चाहेनन् ।






