सिन्धुपाल्चोक । जिल्लाको जनजागृती माध्यमिक विद्यालयका शिक्षकले कक्षा ७ मा अध्ययनरत छात्रामाथि दुव्र्यवहार गरेको आरोपसँगै स्थानीय अभिभावक आक्रोशित बनेका छन्।

पीडित परिवारले मिलापत्र अस्वीकार गरेपछि घटना समुदायस्तरमा सार्वजनिक भएको हो।
आरोपित शिक्षक जितराज गिरिले विद्यालय नजिकै स्टेसनरी पसल संचालन गर्दै आएका थिए। घर टाढा भएकाले उक्त छात्रा विद्यालय नजिकै साथीको घरमा बस्दै आएकी थिइन्। माघ १२ गते राति करिब ८ बजे उनले पेन्सिल किन्न शिक्षकको पसलमा पुगेकी थिइन्।
त्यही क्रममा शिक्षकले आफूलाई शारीरिक रूपमा हातपात गरेको बालिकाको आरोप छ। घटना पछि उनले साथीसँग मात्र जानकारी गराएको तर घरमा भने गालि खाने डरले खबर नगरेको बताइएको छ। साथिले माघ १३ गते विद्यालयमा उक्त विषय सार्वजनिक गरेपछि घटना बाहिरिएको हो।
सोही साँझ अभिभावक, शिक्षक र प्रधानाध्यापक ध्रुबराज गिरीबीच मिलापत्र गराउने प्रयास भए पनि पीडित परिवारले अस्वीकार गरे । पीडित पक्षले औपचारिक उजुरी दिन तयार भएपछि माघ १४ गते घटना समुदायस्तरमा फैलियो। यतिबेला ३०० भन्दा बढी अभिभावक विद्यालय परिसरमा भेला भएर आरोपित शिक्षकमाथि कडा कारबाहीको माग गरेका थिए। शिक्षक गिरि यस अघि पनि सोही प्रकृतिको कर्ममा लिप्त रहेको स्थानीयले बताएका छन् ।
स्थिति उत्तेजित भएपछि प्रहरीले शिक्षक तथा प्रधानाध्यापकलाई भिडबाट जोगाउँदै प्रहरी चौकीतर्फ लग्यो। त्यसक्रममा आक्रोशित भीडले दुवै जनामाथि सामान्य हातपात गरेको पनि प्रहरीले पुष्टि गरेको छ।
प्रहरीका अनुसार घटनामा शिक्षकलाई बलात्कार प्रयासको आरोप र प्रधानाध्यापकलाई घटना लुकाउन लागेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा हिरासतमा राखिएको छ। शिक्षकहरु माओवादी (नेपाली कम्युनिष्ट पार्टि) सगठनका सकृय कार्यकर्ता हुन । प्रधानाध्यापक गिरी यस अधि नेकपा एमालेमा आवद्ध थिए उनि तत्कालिन प्रधानाध्यापक पदम पराजुली अनिवार्य अवकास भएपछी जन जागृति माध्यामिक विधालयको प्रधानाध्यपक हुन कै लागि तत्कालिन नेकपा माओवादी प्रवेश गरेका थिए । प्रधानाध्यापक ध्रुबराज गिरी शिक्षक महासंघका सिन्धुपाल्चोक जिल्लाका पुर्व अध्यक्ष हुन् । त्यसकारण पनि घटना सामसुम पार्न खोजिएको हो ।
प्रहरी उपरीक्षक काजीकुमार आचार्यले, पीडित पक्षको जाहेरी दर्ता भइसकेको अब कानुनी प्रक्रिया अनुसार थप अनुसन्धान अघि बढ्ने बताए।






