सिन्धुपाल्चोक क्षेत्र नं. २ मा निर्वाचनलाई लक्ष्य गर्दै अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। भेलाले क्षेत्र नं. २ अन्तर्गतका दुई प्रदेशस्तरीय पालिका तथा वडास्तरमा निर्वाचन परिचालन कमिटी निर्माण गर्दै संगठनात्मक गतिविधि तीव्र बनाउने निर्णय गरेको छ।
भेलामा पालिकास्तरको वर्तमान राजनीतिक अवस्थाबारे विस्तृत छलफल गरिएको थियो। साथै आगामी निर्वाचन रणनीति, संगठन सुदृढीकरण र मतदाता समन्वयका विषयमा सहभागीबीच विचार–विमर्श भयो।
कार्यक्रममा उम्मेदवार शेरबहादुर तामाङ, नेकपा (एमाले) का केन्द्रीय सदस्य सुबास कर्माचार्य तथा नेता अमानसिंह तामाङले मन्तव्य राख्दै पार्टीलाई विजयी गराउन सबै तहका कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। उनीहरूले पालिकास्तरदेखि वडास्तरसम्म संगठनलाई क्रियाशील बनाउँदै जनसम्पर्क र प्रचारलाई प्रभावकारी बनाउन आग्रह गरे।
भेलाबाट पालिकास्तरबाट एमाले जिताउन संगठित रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै निर्वाचन प्रचारका लागि आवश्यक सामग्री, कार्यक्रम र व्यवस्थापनसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो।







