जेनजी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई केहीबेरमा प्रतिवेदन बुझाउने भएको छ । प्रतिवेदनको ठेलीसहित आयोग अध्यक्ष गौरीबहादुर कार्की प्रधानमन्त्री कार्यालय छिरेका छन् ।

सरकारले भदौ २३ र २४ गतेको जेन(जी आन्दोलनका क्रममा भएका घटनाको छानबिनका लागि जाँचबुझ आयोग गठन गरेको थियो । तेस्रो पटकसमेत गरी पछिल्लो पटक २५ दिनको म्याद थपिएको थियो ।
असोज ५ गते गठित कार्की नेतृत्वको आयोगलाई सुरूमा ३ महिनाको समय सीमा दिइएको थियो । प्रतिनिधिसभा निर्वाचनको मत परिणाम उत्तरार्द्धमा पुग्दै गर्दा आयोगले आज प्रतिवेदन बुझाउँदै छ ।






