काठमाडौं ।

राहदानी विभागले नयाँ राहदानी बनाउन वा विद्यमान राहदानी नवीकरण गर्नका लागि अनलाइन फाराम भर्ने समय सम्बन्धी जानकारी सार्वजनिक गरेको छ।
विभागका अनुसार अनलाइन फारामको स्लट हरेक दिन बिहान ११ बजे र बेलुकी ५ बजे खुल्नेछ। सेवाग्राहीहरूले सोही समयमा फाराम भर्न सक्नेछन्।
विभागले बिदाको दिन भने स्लट नखोलिने स्पष्ट पारेको छ। त्यसैले बिदा पर्ने अघिल्लो दिन बेलुकी ५ बजे नै अतिरिक्त रूपमा स्लट खोलिने व्यवस्था गरिएको जनाएको छ।
सेवाग्राहीलाई तोकिएको समयमा फाराम भरी सहज रूपमा सेवा लिन विभागले अनुरोध गरेको छ।






