काठमाडौं । बालेन शाहको मन्त्रिपरिषद १६ सदस्यीय हुने भएको छ ।

अर्थमा स्वर्णिम वाग्लेले जिम्मा पाएका छन् भने गृह मन्त्रालयमा सुदन गुरुङ पक्का भएका छन्।
यसैगरी परराष्ट्र मन्त्रालयको जिम्मेवारी शिशिर खनालले पाएका छन् भने भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रीको जिम्मेवारी सुनिल लम्साललाई दिइएको छ।
उर्जा, जलस्रोत तथा सिँचाई विराजभक्त श्रेष्ठले पाएका छन् भने संस्कृति पर्यटन तथा नागरिक उड्डयनको जिम्मेवारी खड्क (गणेश) पौडेलले सम्हाल्नेछन्।
यता, शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्रीमा सस्मित पोखरेल फाइनल भएका छन्। शिक्षा मन्त्रालयसँग खेलकुदलाई मिसाइएको छ।
स्वास्थ्य तथा जनसंख्या र खानेपानी मन्त्रालय मर्ज गरी निशा मेहतालाई जिम्मेवारी दिइएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमल्सिना हुनेछन् भने उद्योग वाणिज्य र आपूर्तिको जिम्मेवारी अमरेश सिंहले पाउने निधो भएको हो।
भूमी व्यवस्था सहकारी तथा गरिवि निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मर्ज गरिएको छ। उक्त मन्त्रालयको जिम्मेवारी प्रतिभा रावलले पाउँदैछिन्।
कानुन न्याय तथा संसदीय मामिलामा सोबिता गौतमलाई जिम्मेवारी तोक्दै कृषि तथा पशुपक्षी विकास र वनता तथा वातावरण मन्त्रालय गीता चौधरीलाई दिइनेछ।
श्रम रोजगार मन्त्रीमा दीपक शाह छन् भने महिला बालबालका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादी हुनेछिन्।






