राष्ट्रिय स्वतन्त्र पार्टीले मुख्य सचेतक र सचेतक पनि तोकेको छैन। उपसभामुखलाई पनि मत दिन पर्नेछ त्यसका लागि उसले संसदीय दल बैठक बोलाएको छ।

बैठक शुक्रबार दिउँसो १ बजे बस्ने महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल गर्ने उनले बताए।
उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामाले पनि उम्मेदवारी दिएकी छन्।






