काठमाडौं : सरकारले एक सचिवको सरुवा र एक सहसचिवलाई सचिवमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीलाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालले जानकारी दिएका छन् ।
त्यस्तै, मन्त्रिपरिषद्ले सहसचिव कालीप्रसाद पराजुलीलाई सचिवमा बढुवा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार पराजुलीलाई सचिवमा बढुवा गरी अख्तियारमा पदस्थापन गरिएको हो ।







