काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ९२३ सवारी चालक २४ घण्टामा कारबाहीमा परेका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार २०८३ भदौ १३ गते बिहान ६ बजेदेखि गरिएको कारबाहीमा विभिन्न प्रकृतिका ट्राफिक नियम उल्लंघनमा चालकलाई कारबाही गरिएको हो ।
कारबाहीमा पर्नेमा तीव्र गतिमा सवारी चलाउने १३४ जना, मादक पदार्थ सेवन (मा.प.से.) गर्ने ८१ जना, सिसिटभि हेरेर ६६ जना र रेड लाइट उल्लंघन गर्ने ५९ जना रहेका छन् ।
त्यस्तै, हर्न निषेधसम्बन्धी नियम उल्लंघन गर्ने २५ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, अवस्था ठीक नभएको सवारी चलाउने २७ जना र एकतर्फी सडकको नियम उल्लंघन गर्ने २ जना कारबाहीमा परेका छन् ।
अन्य प्रकृतिका ट्राफिक नियम उल्लंघनमा ४९६ जना कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
एकैदिन ९२३ कारबाहीले उपत्यकामा ट्राफिक नियम उल्लंघनको अवस्था अझै चुनौतीपूर्ण रहेको देखाएको छ ।





