रसुवा : रसुवाको चिलिमे जलविद्युत आयोजनाको टनेलमा खोजी गर्ने क्रममा ४ वटा शव र १ मानव अंग फेला परेको छ ।

नेपाली सेनाका अनुसार गोताखोरसहितको संयुक्त उद्धार टोलीले टनेलमा ब्रेकथ्रु गरी अन्तिम किनारासम्म खोजी गर्दा चार वटा शव र एक मानव अंग फेला पारेको हो ।
फेला परेका शव तथा मानव अंगलाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिशूली ल्याइएको छ ।
यसअघि भदौ १५ गते पनि सोही टनेलबाट १ शव र १ मानव अंग फेला परेको थियो ।
चिलिमेसँगै लाङ्टाङ जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–१ तथा त्रिशूली–३ ए र ३ बीका टनेल तथा प्रभावित क्षेत्रमा पनि संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको नेपाली सेनाले जनाएको छ ।





