हातले राम्ररी कलम पनि समाउन नसक्ने ३–४ वर्षका बालबालिकालाई अक्षर,अंक लेख्न घोटाउने र पाठ घोकाउने शैली उपयुक्त होइन भन्ने कुरा विभिन्न अनुसन्धानहरूले पुष्टि गरिसकेका छन्।

जापान, फिनल्यान्डजस्ता उत्कृष्ट प्रारम्भिक शिक्षा प्रणाली भएका देशहरूमा बालबालिकालाई अक्षर वा अंक सिकाउने प्रक्रिया ६ वर्षको उमेरपछि मात्र सुरु गरिन्छ। त्यहाँका बालबालिकाले छोटो समयमै अक्षररअंक पढ्न र लेख्न सिक्ने गर्छन्, कुनै प्रेसर बिना स्वाभाविक रूपमा।
तर नेपालमा भने ३ वर्षकै कलिलो उमेरदेखि बालबालिकालाई अक्षररअंक पढ्न र लेख्न लगाइन्छ। यस्तै शैलीले बालवालिकाको मानसिक विकासमा प्रतिकुल असर पर्न सक्दछ। नेपालका विद्यालयका व्यवस्थापक वा प्रधानाध्यापकलाई यसको कारण सोध्दा, जवाफ चैं “अभिभावकहरूले नै बच्चालाई ३ वर्षको उमेरमा नर्सरी स्कुल पठाउने बित्तिकै अक्षररअंक पढ्न र लेख्न सिकाउनुपर्छ भन्ने अपेक्षा राख्छन्” भन्ने हुन्छ।
अनुसन्धानले ३-५ वर्षका उमेरका बालवालिकालाई ‘पढाउने‘ भन्दा ‘खेलाउने‘ गतिविधिले बाल मस्तिष्कको राम्रो विकास हुने र ६ वर्ष उमेर पछिको पढाई(सिकाई बढि प्रभावकारी हुने कुरा अनुसन्धानले पुष्टी गरेको छ।
यो विषय हाम्रो विद्यालय शिक्षा नीतिले गंभिरताका साथ सम्बोधन गर्नु पर्ने एजेन्डा हो जस्तो लाग्छ।
( विषयमा बीबीसीमा प्रकाशित एक सामाग्रीको लिंक कमेन्ट सेक्सनमा )






