सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद भरतप्रसाद पराजुली प्रतिनिधिसभाको अर्थ समितिमा चयन भएका छन्। अर्थशास्त्रमा राम्रो ज्ञान भएका पराजुली आर्थिक तथा सामाजिक क्षेत्रमा सक्रिय अगुवाका रूपमा परिचित छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका उनले निकटतम प्रतिस्पर्धीलाई ठूलो मतान्तरले पराजित गर्दै निर्वाचन जितेका थिए।







