पाँचपाेखरी थाङ्गपाल गाउँपालिकामा हाल भईरहेकाे विद्युत समस्याकाे दीर्घकालिन समाधानकाे लागि पहल सुरु गरिएको छ । पूर्वमन्त्री नेकपा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको नेतृत्वमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक समक्ष ध्यानाकर्षण पत्र बुझाइएको छ । मेलम्चीमा थप सबस्टेसन निर्माण गर्नुपर्ने, तिपिनी क्षेत्रमा रहेको स्टेसन तत्काल छिटो मर्मत गर्नुपर्ने, गाउँपालिका भरि पूर्णरुपमा नाङ्गो तार विस्थापित गरी केवल तारको व्यवस्थापन गर्नुपर्ने माग गरिएको छ ।

साथै, पर्यटकीय तथा धार्मिक स्थल पाँचपोखरीसम्म विद्युत लाइन विस्तार गर्नुपर्ने, थप फ्युज सेन्टर समेतको व्यवस्थापन गरी दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने विषयमा जोड दिइएको पाँचपाेखरी थाङ्गपाल गाउँपालिका
अध्यक्ष टासी लामाले बताए । नेकपा एमाले केन्द्रीयसल्लाहकार परिषद सदस्य माधवप्रसाद पाण्डे, गाउँपालिकाकाे उपाध्यक्ष ,सुनिता अधिकारी,प्रदेश कमिटी सदस्य हस्त पण्डित, बालकृष्ण देउजा, जिल्ला कमिटीका सचिव कृष्णगाेपाल तामाङ,मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका वडाध्यक्षहरुले प्राधिकरणका कार्यकारी प्रमुख भेटेर समस्याका बारे जानकारी गराइएको पनि अध्यक्ष लामाले बताए ।
कार्यकारी निर्देशकले यस समस्यालाई समाधान गरिने प्रतिबद्धता जनाएका छन् ।






