अरनिकाे राजमार्गको काभ्रे खण्डमा माथिबाट खसेकाे सुख्खा पहिराेसँगै ढुंगाले लागेर माेटरसाइकलमा सवार दुई जना घाइते भएका छन् ।

आज बिहान ११ः१० बजेकाे समयमा जिरोकिलोबाट दोलालघाटतर्फ जाँदै गरेको बा ७५ प ५०९५ नं. को माेटरसाइकललाई काभ्रे भुम्लु गाउँपालिका १० चाखोलामा सुख्खा पहिराेसँगै खसेकाे ढुंगाले लागेकाे थियाे ।
दुर्घटनामा घाइते हुनेमा माेटरसाइकल चालक सिन्धुपाल्चोककाे त्रिपुरासुन्दरी गाउँपालिका ५ बस्ने बर्ष ४१ का प्रेमबहादुर श्रेष्ठ र उनकी छोरी बर्ष १० की अपेक्षा श्रेष्ठ रहेका छन् ।






