आईसीसी टी-२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले विजयी सुरुआत गरेको छ ।

छनोटअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनले पराजित गर्यो । नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८ ओभर १ बलमा ८३ रनमा समेटियो । कुवेतका लागि क्लिन्टो एन्टोले सर्वाधिक २६ रन बनाए।
बलिङमा नेपालका कप्तान रोहित पौडेल, सन्दीप लामिछाने र ललित राजवंशीले २-२, नन्दन यादव, कुशल भुर्तेल र सोमपाल कामीले एकएक विकेट लिए ।






