मेलम्ची ।

मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूले एकदिनको तलब सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा सहयोग गर्ने भएका छन् ।
जेनजी आन्दोलनका क्रममा देशभर आगजनी र तोडफोडका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतका लागि नेपाल सरकारले उक्त कोष स्थापना गरेको थियो सो कोषमा मेलम्ची नगरपालिकाका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट एकदिनको तलब सहयोग गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले जानकारी दिए ।
भौतिक पूर्वाधार पुनर्निर्माण कोषको अर्थमन्त्रीको अध्यक्षतामा रहेको छ । गृहमन्त्री, शहरी विकासमन्त्री र नेपाल सरकारका मुख्यसचिव सदस्य रेका छन् ।






