सरकार र मेलम्ची खानेपानी सघर्ष समिति बिच भएको छलफल आज पनि निष्कर्षमा पुगेन । आइतबार पनि छलफल भएको थियो । निचोड निस्केको थिएन ।

मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको सम्बन्धमा सरकार र संघर्ष समिति बीच भएको वार्ता निष्कर्षविहीन भएको हो ।
चार दिनदेखि आयोजनाको पानी पथान्तरणमा रोकिएपछि सरकारको तर्फबाट खानेपानी मन्त्रालयकी सचिव प्रमिला देवी शाक्य बज्राचार्यको उपस्थितिमा मेलम्ची खानेपानी आयोजना, मेलम्ची बाढी पीडित संघर्ष समिति लगायत विभिन्न राजनीतिक दल र स्थानीयवासीबीच भएको वार्ता विना निष्कर्ष टुंगिएको हो ।






