काठमाडौं । रिक्त एक डिआइजी पदमा एसएसपी विश्व अधिकारी सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले अधिकारीलाई बढुवा सिफारिस गरेको हो ।

प्रहरी निरीक्षक देखि एसएस्पीसम्म एक नम्बरमा बढुवा रहेका अधिकारी केही समय अघि भएको डिआइजी बढुवामा छुटेका थिए ।
जेनजी आन्दोलनमा काठमाडौं कमान्ड समालेका अधिकारीलाई आन्दोलनकारी माथी दमन गरेको आरोपमा बढुवा रोकिएको थियो ।






