सिन्धुपाल्चोक ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुपाल्चोकको ३४ औँ स्थापना दिवश विविध कार्यक्रम गरि मनाएको छ ।
स्थापना दिवशको उक्त अवसरमा महासंघले गरेको कार्यक्रमा प्रभातफेरी, रक्तदान, सदस्यता कार्ड वितरण, वेबसाइड सुभारम्भ र शुभकामना आदनप्रदान रहेको थियो ।
संघले स्थापना दिवशको अवसरमा विहिबार चौतारामा आयोजना गरेको रक्तदान कार्यक्रममा १९ जना रक्तदाताले रक्तदान गरेका थिए । कार्यक्रममा नेपाल व्लोदान एसोसियसन सिन्धुपाल्चोकको सहकार्य रहेको थियो । संकलित रगत चौतारा अस्पतालमा रहेको चौतारा रक्तसंचार केन्द्रमा भण्डारण गरिने ब्लोदान सिन्धुपाल्चोकका अध्यक्ष सुरेश कसजुले बताए ।
स्थापना दिवशको अवसरमा महासंघको ओयवसाईड डब्लु डब्लु डब्लु डट एफ एन जे सिन्धुपाल्चोक डट ओआरजीको शुभारम्भ गरिएको थियो । उक्त वयबसाईड कार्यक्रमका प्रमुख अतिथी चौतारा साँगाचोकगढी नगरपालिकाकाका नगरप्रमुख कृष्णप्रसाद सापकोटाले गरेका हुन् । उनले सो अवसरमा बोल्दै पत्रकारको नाममा हुने गरेको गैर पत्रकारहरुले फिजाएको अफवाहरुको चिरोफार गर्न महासंघ लाग्नुपर्ने बताए ।
कार्यक्रममका विशेष अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद बागचन्दले पत्रकारीताको सुरुवाती क्षण र प्रबिधिसंगको पत्रकारीता विचको सन्तुलन कायम गर्ने चुनौती संचारकर्मीहरुमा रहेको बताए । उनले सामाजिक सञ्जालमा आएको कुराहरु आधिकारीक र तथ्यमा आधारित नहुने भएकोले त्यस्ता कुरामा भर नपर्न आम समुदायलाई आग्रह गरे ।
चौतारा साँगाचोकगढी नगरपालिकाको उपप्रमुख सीता थापाले सत्य तथ्य र विस्वसनीय समाचार प्रकासन तथा प्रशारण गरि सवैको मन जित्नको लागि आग्रह गरेका थिइन् ।
कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले लोकतन्त्रको धरोहर नै पत्रकारीता भएको बताए । उनले सामाजिक सञ्जाल र पत्रकारीताबारेको परिभाषाबारे फरक छुट्याउने नीतिगत व्यवस्थामा जोड दिन महासंघलाई आग्रह गरे ।
नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकका पूर्व कोषाध्यक्ष सोम सापकोटाले पत्रकारीतालाई मर्यादित र जवाफदेही बनाउन महासंघको भुमिका बढाउन आग्रह गरे ।
मानव अधिकारकर्मी नातीवावु धितालले विगतमा भएको विभिन्न बिभक्त आन्दोलनहरुलाई एकत्रित र केन्द्रिकृत गरि आम नागरिकको सवालमा लाग्न दिशानिर्देश पत्रकारीताले गरेको सम्झदै सोहि अनुरुपको भुमिका प्रस्तुत गर्न महासंघलाई आग्रह गरे ।
कार्यक्रममा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले पूर्वाधार, कृषि, पर्यटन र व्यापारलाई जोड दिर्दै अर्थतन्त्र विकासमा लागि पर्न सम्वद्ध पक्षलाई अनुरोध गरे । सिन्धुवासीको सपना समृद्ध सिन्धुपाल्चेकको लागि समाचार प्रशारण प्रकाशन गर्नका लागि पर्न सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
अध्यक्ष बस्नेतले राज्यको अधिकतम राजस्व संकलन हुने अन्तराष्ट्रिय तातोपानी नाका नियमित र सहज रुपले सञ्चालनमा ल्याउन सरकारका प्रतिनिधीहरुलाई ध्यानाकर्षण गराए । जसमा पत्रकार महासंघको भुमिका समेत अहम हुने कुरामा जोड दिए ।
प्रमुख राजनीतिक दलका नेताहरुले समेत शुभकामना प्रदान गरेका थिए । जसमा नेकपा एमालेका प्रदेश सदस्य इन्द्र नेपाल, नेपाली कम्युनिष्ट पार्टीका जिल्ला नेता गोविन्द पराजुली, रास्वपाका शान्ति थिङले आमसञ्चारमाध्यमलाई जनविस्वास र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । उनिहरुले परिवर्तनको पहिलो श्रेय नेपाली पत्रकारीता जगतलाई जानेसमेत टिप्पणी गरेका थिए ।
कार्यक्रमको पूर्वाधमा प्रभातफेरीसहित चौतारा बजार परिक्रमा गरि महासंधको सभाहलमा सम्पन्न कार्यक्रको अध्यक्षता जिल्ला अध्यक्ष धु्रर्व दंगालले गरेका थिए । उनले महासंघको स्थापनाकालदेखी हालसम्मको विकसित इतिहास र घट्नाक्रमको सविस्तार जानकारी प्रदान गरेका थिए । महासंघले वेयबसाइडको निर्माण र उक्त वेवसाईडको विभिन्न खण्डको बारेमा जानकारी गराएका थिए ।
उनले अरु सवैलाई खवरदारी र सुसुचित गर्ने निकायलाई विस्वसनीय र पारदर्सी बनाउन उक्त कन्सेप्ट आफु नेतृत्वमा आएदेखिको भएको बताए ।
महासंघको साधारण सदस्यहरु, पूर्व पधाधिकारी, वर्तमान जिल्ला प्रदेश र केन्द्रका विभिन्न जिम्मेवारीमा रहेकाहरु,सरकारी तथा गैर सरकारी संघसंस्थाका प्रतिनिधीहरु, ब्लोदान एसोसियसन, नेपाल रेडक्रश सोसाइटीका स्वयमसेवक , चौतारा अस्पतालका स्वास्थ्यकर्मीहरुको कार्यक्रममा सहभागिता रहेको थियो । महासंघको सचिव टीका सुवेदीको सुबोध उद्घोषणमा सञ्चालित कार्यक्रमा उपाध्यक्ष दीपक अर्यालले स्वागत मन्तब्य र अर्का उपाध्यक्ष कमला पाख्रीनले धन्यवाद मन्तब्यसहित कार्यक्रमको समापन गरेकी थिईन् ।







