काठमाडौँ । अवैध रूपमा संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार ) ओसारपसार मुद्दामा फरार रहेका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल सरकार वादी भई जिल्ला दोलखा गौरिशंकर संरक्षण क्षेत्रको कार्यालयमा चलेको मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका सिन्धुपाल्चोकको तत्कालीन मार्मिङ गाविस–७ का स्थायी बासिन्दा हाल भोटेकोशी गाँउपालिका–५ मा बस्दै आएका टासी तामाङ गत भादौ २३ र २४ गतेको जेनजी आन्दोलनका समयमा सुन्धारा कारागारबाट फरार भएका थिए।







