सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं. १ भोटेचौरकी शर्मिला पौडेल नेपालकै पहिलो स्पिकिङ रियालिटी शो “द स्पिकिंग टाइटन” मा वाइल्ड कार्डमार्फत टप–१० मा प्रवेश गरेपछि उनलाई टप–५ मा पुर्याउन वडा स्तरबाट विशेष पहल सुरु गरिएको छ।
वडा अध्यक्ष कृष्णमुरारी चौलागाइँले भोटेचौरको पहिचान राष्ट्रिय मञ्चमा स्थापित गर्न सफल भएकी पौडेललाई सबैले भोट गरेर सहयोग गर्न अपिल गर्नुभएको छ। देशभरका हजारौँ प्रतिस्पर्धीलाई पछि पार्दै पौडेल उत्कृष्ट–५० देखि वाइल्ड कार्ड हुँदै टप–१० सम्म पुगेकी हुन्।
शिक्षण पेशामा सक्रिय पौडेल हाल सातदोबाटोस्थित युनाइटेड युनिभर्सल स्कुलमा अध्यापन गरिरहेकी छन्। “द स्पिकिंग टाइटन” ओएसआर रियालिटी युट्युब च्यानल र एपी १ एचडी टेलिभिजनमार्फत प्रसारण हुँदै आएको छ।
भोटिङ पौष ७ गते राति १० बजेदेखि पौष १४ गते राति ८ बजेसम्म खुला रहेको छ। भोट गर्न AVENTOZ.COM → Voting → The Speaking Titan → Sharmila Poudel छनोट गरी QR Scan गर्न सकिनेछ।







