नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले २१ फागुनको निर्वाचनका लागि दुवै क्षेत्रमा एकल उम्मेदवार सिफारिस गरेकोे छ । क्षेत्र नं१ का लागि माधव सापकोटा र क्षेत्र नं २ का लागि युवराज दुलाललाई अघि सारेको हो । सापकोटा यस अघि पनि काँग्रेसको सहयोगमा जितेका थिए भने दुलालले पनि काँग्रेसकै सहयोगमा प्रदेशसभामा विजय प्राप्त गरेका थिए ।

खाडीचौरामा बसेको क्षेत्र नं १ को बैठकले सापकोटाको नाम सर्वसम्मत सिफारिस गरेको हो । पूर्व सांसदद्वय राजकुमार श्रेष्ठ र सिंहबहादुर विश्वकर्माले प्रस्ताव गरेको नामलाई बागमती प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले समर्थन गरेका थिए ।






