झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको विमान रन–वेबाट चिप्लिएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले ग्राउन्डभन्दा केही बाहिर विमान गएको र अहिले बुझ्ने क्रम जारी रहेको जानकारी दिए । झापाको भद्रपुर बिमानस्थलमा बुद्ध एयरको 9N-AMF कल साइनको विमान अवतरणको क्रममा रनवेबाट चिप्लिएर दुर्घटना, विमानमा सवार सम्पुर्ण यात्रु तथा चालक दलका सदस्य सकुशल छन् ।






