काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि दुई जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् ।
राप्रपाले सरस्वती लामालाई एकल रूपमा उम्मेदवार बनाएको छ । लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही रहेका छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि रहेका छन् ।
यता श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुरलाई सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत समर्थन गरेको छ । उनको प्रस्तावकमा पार्टीका सांसद आरेन राई रहेका छन् भने रास्वपाका सांसद अशोककुमार चौधरी समर्थक रहेका छन् ।
सत्तारुढ दल रास्वपाको झन्डै दुई तिहाइ मत रहेकाले उपसभामुख पदमा रुबी कुमारी ठाकुर निर्वाचित हुने सम्भावना बलियो देखिएको छ ।







