काठमाडौं — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् पुनर्गठन गर्दै आजै दुई नयाँ मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। विश्वसनीय स्रोतका अनुसार सरकारमा नयाँ अनुहार भित्र्याउने निर्णय अन्तिम चरणमा पुगेको हो।
यसअघि श्रममन्त्री दिपक साहलाई पदमुक्त गरिएपछि रिक्त बनेको स्थानमा नयाँ नियुक्ति गर्न लागिएको हो। सोही क्रममा रामजी यादवलाई श्रम मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको छ भने गौरीकुमारी यादव उद्योग मन्त्रालय सम्हाल्ने निश्चितजस्तै भएको छ।
नव नियुक्त मन्त्रीहरूले आजै पद तथा गोपनीयताको सपथ लिने कार्यक्रम तय गरिएको छ।







