बाह्रबिसे ।

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका क्षेत्रमा निर्माणाधीन कालिका जलविद्युत् आयोजना वरपर केही व्यक्तिहरूले अवरोध तथा नकारात्मक गतिविधि गरेको गरेका छन् ।
व्यक्तिगत लाभको माग गर्दै उनीहरुले आयोजनाको विपक्षमा काम गरिरहेका छन् ।
मध्य भोटेकोसी जलविद्युत् आयोजनामा कार्यरत बाह्रबिसे नपा ८ मानेश्वाराका केशव तामाङसहित केही व्यक्तिले आयोजनासँग असम्बन्धित व्यक्तिगत माग अघि सार्दै आयोजना क्षेत्रमा हिसात्मक काम्ब्गरिरहेको आरोप छ ।
स्थानीयहरूले उनीहरू आयोजना प्रभावित क्षेत्रका बासिन्दा नभए पनि केही युवालाई साथमा लिएर आयोजना प्रभावित पार्ने गतिविधिमा संलग्न भएको आरोप लगाएका छन्। यस विषयमा प्रहरीसमक्ष पनि जानकारी पुगेको बताइएको छ। प्रहरीले कामकारबाही अघि बढाएको जनाएको छ ।
झन्डै २० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको उक्त आयोजनाविरुद्ध यस्ता गतिविधि भएको भन्दै स्थानीयले आश्चर्य व्यक्त गरेका छन्। उनीहरूले आयोजनाको काममा अनावश्यक अवरोध नगर्न तथा आवश्यक भए सम्बन्धित निकायबाट निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न माग गरेका छन्।






