काठमाडौं : सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा रविन सिजापति नियुक्त भएका छन् ।
बैंकको सञ्चालक समितिले सिजापतिलाई चार वर्षका लागि सीईओ नियुक्त गरेको हो । चार्टर्ड एकाउन्टेन्ट सिजापति यसअघि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा कार्यरत थिए ।
बैंकिङ तथा वित्तीय क्षेत्रमा अनुभव हासिल गरेका सिजापतिले अब सांग्रिला डेभलपमेन्ट बैंकको नेतृत्व सम्हाल्नेछन् ।







