काठमाडौं : बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन शाहले गरेको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिँदै गर्दा नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् ।
बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रहरीले उनलाई सिंहदरबारको गेटबाटै नियन्त्रणमा लिएको हो ।
तामाङ सोमबार प्रधानमन्त्री शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूको छलफलमा सहभागी भएका थिए । छलफल सकेर सिंहदरबारबाट बाहिरिने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेले जानकारी दिए ।
एसएसपी घिमिरेका अनुसार पक्राउपछि तामाङलाई थप अनुसन्धानका लागि दरबारमार्ग प्रहरी वृत्तमा बुझाइएको छ ।
बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्न सिंहदरबार पुगेका गाउँपालिका अध्यक्ष तामाङ सोही दिन बैंकिङ कसुर मुद्दामा पक्राउ परेपछि घटना चर्चामा आएको छ ।







