काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९ जना उपसचिव र ५२ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयको निर्णयअनुसार सरुवा भएका ९ उपसचिवमध्ये ६ जनालाई विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । बाँकी उपसचिवलाई मन्त्रालय तथा मातहतका अन्य कार्यालयमा खटाइएको छ ।
यस्तै, सरुवा गरिएका ५२ शाखा अधिकृतमध्ये अधिकांशलाई पनि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा पठाइएको मन्त्रालयले जनाएको छ । केही शाखा अधिकृतलाई भने मन्त्रालय तथा अन्य सरकारी निकायमा जिम्मेवारी दिइएको छ ।
स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको अभाव तथा प्रशासनिक जनशक्ति व्यवस्थापनलाई ध्यानमा राखेर ठूलो संख्यामा कर्मचारीलाई स्थानीय तहमा खटाइएको मन्त्रालयले जनाएको छ ।
सरुवा भएका कर्मचारीले तोकिएको नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ । सरुवाको पूर्ण विवरणअनुसार ९ उपसचिव र ५२ शाखा अधिकृतमध्ये को कहाँ पुगे भन्ने सूची सार्वजनिक गरिएको छ ।

उपसचिव सरुवा सुची :

शाखा अधिकृत सरुवा सुची :







