काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ५२ जना शाखा अधिकृतको सरुवा गरेको छ ।
मन्त्रालयको निर्णयअनुसार सरुवा भएका ५२ शाखा अधिकृतमध्ये ३१ जनालाई विभिन्न गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ । बाँकी शाखा अधिकृतलाई विभिन्न मन्त्रालय तथा अन्य सरकारी निकायमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तहमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतको अभाव रहँदै आएको अवस्थामा मन्त्रालयले प्रशासनिक जनशक्ति व्यवस्थापनलाई प्राथमिकता दिँदै ठूलो संख्यामा शाखा अधिकृतलाई स्थानीय तहमा खटाएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण स्थानीय तहको दैनिक प्रशासनिक कामकाज तथा सेवा प्रवाह प्रभावित हुँदै आएको थियो। नयाँ जिम्मेवारीसहित कर्मचारी खटाइएपछि स्थानीय तहको प्रशासनिक कामकारबाही थप सहज हुने अपेक्षा गरिएको छ ।
सरुवा भएका कर्मचारीले तोकिएको नयाँ कार्यालयमा हाजिर भई जिम्मेवारी सम्हाल्नुपर्नेछ ।
सरुवा भएका ५२ शाखा अधिकृतको विवरण :







