अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ५० दिनभित्र युक्रेनसँग युद्धविराम नगरे ठूलो मात्रामा भन्सार कर लगाउने चेतावनी दिएका थिए । यसको जवाफमा रुसी विदेशमत्री सर्गेई लावरोफले ट्रम्पको भनाइको अर्थ नरहेको बताएका छन् । रुसी समाचार एजेन्सी इतार तासका अनुसार विदेशमन्त्रीले यसअघि पनि ट्रम्पले कहिले २४ घण्टे र कहिले सय दिनको डेडलाइन दिएको बताए ।

उनले भने, ‘हामीले यसअघि नै अभूतपूर्व प्रतिबन्धको सामना गरिरहेका छौं । अब जुनसुकै प्रकारका नयाँ प्रतिबन्धको सामना गर्ने सामर्थ्य हामीसँग छ ।’






