पूर्व राष्टपति विद्या भण्डारीको राजनीतिमा पुनरागमनले सम्पूर्ण महिलाको नेतृत्व वर्गमा उत्साह थपेको काँग्रेस नेतृ सुजाता कोईरालाले प्रतिकृया दिएकी छिन् । सामाजिक सञ्जालमा लेखेर कोईरालाले खुशी प्रकट गरेकी हुन् । उनले लेखेकी छिन्,-

पूर्ब रास्ट्रपति श्री विद्यादेवी भण्डारीजीको सक्रिय राजनितीमा पुनरागमनले सम्पुर्ण नेपाली महिला नेतृत्व बर्गमा उत्साह प्रदान गरेको छ । उहाँ एक सक्षम, इमान्दार र उच्च राजनितिक संस्कार भएको ब्याक्तित्व हुनुहुन्छ । उहालाई आगामी राजनितिक यात्राको लागि हार्दिक शुभकामना ।






