सिन्धुपाल्चोक क्षेत्र नम्वर दुईवाट निर्वाचित हाल निलम्वित सांसद मोहनबहादुर बस्नेतले मुद्धा लगाईयो भन्दैमा जनताको काम गर्न नछाड्ने बताएका छन् ।

काँग्रेसको सिन्धुपाल्चोक काठमाडौं सम्पर्क समितिले काठमाडौंमा गरेको कार्यक्रममा उनले मुद्धा लागेको भरमा दिउँसै सिरक ओढेर नसुत्ने बताए ।
कांग्रेस आफू पनि सुकिलामुकिला हुने र जनतालाई पनि सुकिला हुन सिकाउने उनको भनाई छ । उनले जनताका सुखदुखमा साथ दिए कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । जनताको काम गर्न सधै लाग्न उनले कार्यकर्तालाई निर्देशन दिए ।
सिन्धुपाल्चोकमा विपति पर्यो भने कहाँ छ कांग्रेस भनेर खोज्ने गरेको उनले सुनाए । उनले कार्यकर्तालाई सामाजकि सञ्जालमा एक्टिभ हुन आग्रह गरे ।
पार्टीभित्र र बाहिरको बिरोध हुन थालेपछि अब पो राष्ट्रयि नेता भन्न थालेको आफूलाई भान भएको उनले बताए ।






